Search

पहिले पहिले चिटिक्क देखिँदा वा मज्जाले नाच्दा मात्र हुन्थ्यो भने अहिले अभिनय पनि गर्नुपर्छ : रासी खन्ना

पहिले पहिले चिटिक्क देखिँदा वा मज्जाले नाच्दा मात्र हुन्थ्यो भने अहिले अभिनय पनि गर्नुपर्छ : रासी खन्ना

बाँपीझ्याला, एजेन्सी । राशि खन्नाले जोन अब्राहमको फिल्म ‘मद्रास क्याफे’ बाट अभिनय सुरु गरेकी थिइन् । बलिउड फिल्मबाट डेब्यू गरे पनि अहिले राशीको गन्तव्य दक्षिण भारतको फिल्म उद्योग बन्यो । राशि आजभोलि तमिल र तेलगु फिल्ममा सरोबरी देखिन्छिन् ।

तर, यो दुवै उद्योगको समान विशेषतामध्ये एउटा विशेषता हो , हिरो केन्द्रित फिल्म बन्नु । यताका फिल्ममा हिरोइनको काम हुन्छ फाइटको बीचमा हिरोसँग रोमान्स गर्नु र गीत गाउनु ।

तर, राशी पछिल्लो समय भने यहाँ हिरोइनले पनि आफ्नो बलियो उपस्थिति जनाउन लागेको बताएकी छिन् । उनले अनुष्का सेठ्ठी , सामान्था अक्केनेनी जस्ता हिरोइनका कारण हिरोइनको भूमिका पनि बलियो हुन थालेकी टिप्पणी गरेकी छिन् ।

‘यदि तपाईं तेलगु फिल्म उद्योगमा लामो समय रहने हो भने तपाईं अनुष्का र सामान्था जस्तै राम्रो काम गर्नुपर्छ । यी दुई अभिनेत्रीका कारण दक्षिणभारतको उद्योगमा हिरोइनले हेर्ने नजरमा परिवर्तन आएको छ,’ उनले आइएएनएससँगको कुराकानीमा भनेकी छिन्, ‘ पहिलो तपाईं चिटिक्क देखिँदा वा गीतहरूमा मज्जाले नाच्दा मात्र हुन्थ्यो । अहिले अभिनय पनि गर्नुपर्छ ।’ राशीले अहिले हिन्दी र अन्य भाषाका फिल्मबीचको दूरी मेटिँदै गएका कारण पनि कलाकारलाई आर्थिक र अन्य हिसाबले पनि फाइदा हुने गरेको बताएकी छिन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!