Search

नेप्सेमा पहिरो, एकैदिन ६३.२८ अंकको गिरावट

नेप्सेमा पहिरो, एकैदिन ६३.२८ अंकको गिरावट

बाँपीझ्याला, काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जका नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन गिरावट आएको छ । जस अनुसार नेप्से परिसूचकमा अधिकतम ६३.२८ अंंकको गिरावट आई २९०५.१४ विन्दुमा झरेको हो ।

यस दिन “‘क” वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.६१ अंकले घटेर ५२८.५१ विन्दुमा झरेको छ । आज कुल २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर १ लाख २८ हजार २८१ पटक किनबेच हुँदा अधिकतम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।

यसरी तिब्र गिरावटका बीच आज सबै समूहहरु ऋणात्मक रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!