Search

पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको मृत्यु भएको छ । नेता विष्टको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै मृत्यु भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले उल्लेख गरेका छन् । नेता विष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो ।

कोरोना पुष्टि भएपछि उनको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका विष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!