Search

तिब्बत स्थित पहिरोले थुनिएर बनेको ताल अहिलेसम्म खुल्न सकेन

तिब्बत स्थित पहिरोले थुनिएर बनेको ताल अहिलेसम्म खुल्न सकेन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
तामाकोशी नदीको मुख्य सहायक नदीको रुपमा रहको तिब्बतको रोङ्सी खोला बर्षादको कारण पहिरो आएर थुनिएपछी तालको रुप लिएको पोखरी अहिलेसम्म खल्न सकेको छैन । यस सम्वन्धमा चिनियाँ सरकारी र सुरक्षाकर्मीहरुले आज दिनभर उक्त तालको पानी बाहिर फाल्ने र खोल्ने कार्य आज दिनभरी गरिएको प्रयास सफल नभएको थाहा भएको छ ।

अझैपनी रोङ्सी खोला थुनिएर बनेको ताल रुपी पोखरी जस्ताको तस्तै रहेकोले तामाकोशी नदीमा आउने सक्ने बाढीको सम्भाव्य टरेको भने छैन । यसरी लामो समयसम्म खोला थुनिएको कारणले पानीको बहावले उक्त तालको सतह पार गर्दै बग्न थालेको चिनीयाँ अधिकारीहरुको भनाई रहेको थाहा भएको छ ।

यस बारेमा दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव ढुंगाना चिनियाँ टोलीहरु संग दिनभर सम्पर्कमा रहेर त्यसको समाधानमा लाग्ने प्रयासमा रहेपनी त्यसको अहिलेसम्म केही उपलब्धी नभएको थाहा भएको छ ।

त्यसै गरी प्रमुख जिल्ला अधिकारी बासुदेव ढुंगानाले समस्या झन जटिल हुर्दै गएको कारणले तामाकोशी आसपास बसोबासमा रहेका नागरिकहरुले सुरक्षण अपनाउनुका साथै सर्तक हुनु पर्ने बताउनु भएको छ । तामाकोशी खोलामा आज विहान ६ बजेको मापन अनुसार १२० देखि १३० बहाव प्रतिसेकेण्ड रहेकोमा अहिले बेलुका बढ्दै गएर पानीका बहाब प्रतिसेकेण्ड २०० देखि २५० घनमिटर भएको प्रजिअ ढुंगानाको भनाई रहेको थाहा भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!