Search

चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै

चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै

बाँपीझ्याला, काठमाण्डौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तर्काउन थालिएको जनाइएको छ ।

दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा कार्यरत प्रहरीले स्थानीयबासीलाई यसबारेमा जानकारी दिएको छ ।

दोलखा जिल्ला स्थानिय प्रशासनले दोलखा जिल्ला र जिल्ला आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रिको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा हुन सक्ने सम्भावित खतराका बारेमा चीनको सम्बन्धित पक्षसँगको कुराकानीपछि उक्त सूचना जारी गरेको बताउनु भएको छ ।

यसै गरी अपर तामाकोशीमा जलाशयको पानी घटाएर न्यूनतम बिन्दुमा झारिएका कारण तामाकोशी नदीमा बाढी आइहाले पनि कम्तिमा एकदेखि डेढ घण्टा बाँधले थेग्न सक्ने जनाइएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!