Search

भीमेश्वर नगरपालीका वडा न २ दोलखामा विवेकशील साझा पार्टी बाट स्वास्थ सामाग्री

भीमेश्वर नगरपालीका वडा न २ दोलखामा विवेकशील साझा पार्टी बाट स्वास्थ सामाग्री

राजेश श्रेष्ठ
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका नागरिकहरुलाई अभयपुर युवा क्लवको सक्रियतामा कोरोना स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ ।

भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा शहरमा बढीरहेको कोरोना संक्रमणलाई मध्यनजर राख्दै वडाबासी नागरिकलाई सुरक्षित बनाउनका लागि विवेकशील साझा पार्टी दोलखाको संयोजन तथा स्थानिय युवाहरुको सक्रिय संस्था अभयपुर युवा क्लवको सहकार्यमा कोरोना स्वास्थ्य सामाग्री अन्तर्गत सुरक्षा प्याक स्थानिय ५ शय परिवारलाई प्राप्त भएको छ । जसमा मास्क, साबुन, सिटामोल लगायतका स्वास्थ्य सामग्रीहरु समावेश गरिएको छ भनी क्लवका अध्यक्ष राजेश श्रेष्ठले बताउनु भयो ।

यसै गरी आवश्यक महानुभावहरुले अभयपुर युवा क्लवका पदाधिकारीहरुसँग सम्पर्क गर्न समेत श्रेष्ठले जानकारी साथ अनुरोध गर्नु भएको छ ।

यसै गरी २५० परिवारलाई प्रति परिवार १० पिस मास्क, २ वटा साबुन र ४ पत्ता सिटामोल रहेको छ । त्यसै गरी समाजसेवी राजेश बाबाको नेतृत्वमा भक्तपुरको स्थानिय बासिन्दा वहाँको साथीहरु मिलेर पठाउनु १५ थान अक्सिमिटर सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । अक्सिमिटर र थर्माेमिटर आवश्यक महानुभावहरुले अभयपुर युवा क्लवका पदाधिकारीहरुसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

यसरी बिबेशिल साझा पार्टीबाट प्राप्त स्वास्थ्य सामाग्रीहरुमा सिटामोल १० हजार चक्की, मास्क २५ सय थान, साबुन ५ शय थान भएको सामाग्रीहरु भोलीबाट बितरण गर्ने थाहा भएको छ । दोलखाको नागरिकहरुलाई यसरी सहयोग गरेकोमा सहयोगी हातहरुलाई स्थानिय वासिन्दाहरुको तर्फबाट अभयपुर क्लव दोलखाले हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद दिएको समेत बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!