Search

पछिल्लो २४ घण्टामा १ हजार ६८८ कोरोना सङ्क्रमित, ३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ६८८ कोरोना सङ्क्रमित, ३४ जनाको मृत्यु

बाँपीझ्याला, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४०० शय जना कोभिड–१९ कोरोना भाइरसका सङ्क्रमित पुष्टी भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार १० जनाको पिसिआर तथा ४ हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा १ हजार ६८८ र ७१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख १९ हजार ६३५ र एन्टिजेन पोजेटिभ २५ हजार ५७४ पुगेको छ । हालसम्म ३२ लाख ६२ हजार ५८९ को पिसिआर र १लाख ३८ हजार ३१३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । कारोना निको भएको दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै गत २४ घण्टामा थप ३४ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या आठ हजार ६५७ पुगेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ७ लाख ३१ हजार ६५३ पुगेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!