Search

सिविन नेपालद्वारा दोलखामा सावुन र माक्स वितरण

सिविन नेपालद्वारा दोलखामा सावुन र माक्स वितरण

ज्ञानेन्द्र प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ स्थित दुङ्गल टोलदेखि चामसलि टोलसम्मका स्थानिय वासिन्दाहरुलाई सावुन र माक्स वितरण गरिएको छ ।
सिविन नेपालको सहयोग र राजहिटी समाजको सक्रियतामा दुङ्गल टोल देखि चामसली टोलका स्थानिय २०० घर परिवारलाई सावनु २ वटा र माक्स १ पाकेटका प्रति परिवारका दरले भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ र समाजसेवी ज्ञानेन्द्र प्रधानको हातबाट हस्तान्तरण गरिएको राजहिटी समाज दोलखाका अध्यक्ष विक्रम मल्लले बताउनु भयो ।

कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएको अवस्थालाई मध्यनजर गरी दोलखाका स्थानिय वासिन्दाहरुलाई सर–सफाईमा सहयोग पू¥याउने उद्देश्यले सिविन नेपाल संगको समन्वयमा राजहिटी समाज दोलखालाई स्थानिय जिम्मेवारी दिई यस कार्य गरिएको समाजसेवी ज्ञानेन्द्र प्रधानले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!