Search

महान भारतीय स्प्रिन्टर मिल्खा सिंहको निधन

महान भारतीय स्प्रिन्टर मिल्खा सिंहको निधन

बाँपीझ्याला, एजेन्सी । करिव एक महिनादेखि कोभिड १९ को संक्रमण संग जुधिरहेका महान भारतीय स्प्रिन्टर मिल्खा सिंहको निधन भएको छ । फ्लाइङ सिखको उपनामबाट परिचित मिल्खा सिंहको ९१ वर्षको उमेरमा शुक्रबार राति ११ः३० बजे निधन भएको छ ।

गत महिना उनलाई कोभिड–१९ संक्रमण भएको थियो । यही साता कोभिडकै कारण उनको श्रीमतीको पनि निधन भएको थियो । सिंहका छोरा जिभ मिल्खा सिंहले ‘बुबा अब रहनुभएन’ भनेर इन्डियन एक्सप्रेससँग भनेका छन् । सन् १९५८ को कमनवेल्थ गेम्स च्याम्पियन मिल्खाले सन् १९६० को रोम ओलम्पिकमा सहभागिता जनएका थिए ।

मे २० मा कोरोना संक्रमण भएपछि उनलाई मोहनीमा एक निजी हस्पिटलमा मे २४ मा भर्ना गरिएको थियो । एक सातापछि डिस्चार्ज भएका उनलाई अक्सिजन लेभलम घटेपछि जुन ३ मा नेहरु हस्पिटलमा भर्ना गरिएको थियो । उनको पछिल्लो कोभिड रिपोर्ट नेगटिभ आएको थियो ।

मिल्खाका ३ छोरी र १ छोरा छन् । मिल्खाले एसियन गेम्समा ४ स्वर्ण पदक जितेका छन् । उनले १९५८ मा २०० र ४०० मिटर तथा १९६२ मा ४०० र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण जितेका थिए । मिल्खाको जीवनीमा आधारित रहेर ‘भाग मिल्खा भाग’ नामको चलचित्र समेत बनेको थियो । जसमा फरहान अख्तरले अभिनय गरेका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment