Search

बाढी आउने त्रासले माथिल्लो तामाकोशीको जलाशयको पानी खाली गर्दै

बाढी आउने त्रासले माथिल्लो तामाकोशीको जलाशयको पानी खाली गर्दै

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
नेपाल चिनको सिमा क्षेत्रमा रहेको टिन्ग्री शहर, रोङ्सी शहर र सोको आसपासमा भारी बर्षा आएसंगै पहिरो आउँदा नदिको प्रवाह रोकिन गएको सूचना प्राप्त भएकोलाई र सोको कारणले तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने सम्भावना लाई मध्यनजर गरी नेपाल चिनको सिमा नजिकका वस्ती, तामाकोशी नदिको तटिय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने भनी सो आसपास बसोबास गर्ने स्थानिय वासिन्दा एवं नागरिकहरुलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह र जानकारी सहित सार्बजनिक सूचना जारी गरिएको छ । साथै यदी कुनै खतराको संकेत प्राप्त हुनासाथ स्थानिय सुरक्षा निकाय र सम्वन्धीत निकायमा तुरुन्त जानकारी गराउन समेत उक्त सूचनामा भनिएको छ ।

यसै गरी तामाकोसीको सहायक खोला हिलोले थुनिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ । हिजो राती शुक्रबार चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङ्सी खोला थुनिए पछि तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दाहरुलाई जोगाउन जलाशयबाट पानी छाडिएको थाहा भएको छ ।

पहिरोले थुनिएको खोला ताल बनेर बसेकाले कुनै पनि वेला बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छोडिएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताउनु भयो ।

यसै गरी आयोजनाका प्रमुख विज्ञान प्रसाद श्रेष्ठले जलाशयको पानी घटाएर न्युनतम विन्दुमा झारिएको कारणले आति हाल्नु पर्ने कारण नभएको र यदी तामाकोशी नदीमा बाढी आईहाले पनी एक डेढ घण्टा बाँधले थाम्न सक्ने बताउनु भएको छ । यसै गरी बाढी आयो भने पनी आयोजनाको संरचना क्षती नहोस भनेर आवश्यक पूर्व सर्तकता अपनाईएको र विहान तामाकोशी नदीको बहाव हेर्दा सामान्य रहेको समेत बताउनु भयो ।

तामाकोसीको बाँध ५ हजार घनमिटरसम्मको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति नै चीनको तिङ्ग्री सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर तामाकोसी नदी थुनिएको सूचना प्राप्त भएको बताउनु भयो । तामाकोशी नदीको बहाव आज विहान ६ बजे लिईएको रेकर्ड अनुसार प्रति सेकेण्ड १२० देखि १३० घन मिटर रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!