Search

दोलखामा निधेषाज्ञाको कारण दुग्धजन्य पदार्थको खपतमा पचास प्रतिशत कमी

दोलखामा निधेषाज्ञाको कारण दुग्धजन्य पदार्थको खपतमा पचास प्रतिशत कमी

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
कोभिड १९ को संक्रमणबाट जनतालाई सरकारले बचाउनको लागि देशभरी गरिएको निषेधाज्ञा संग संगै दोलखा जिल्लामा पनी यसले निरन्तरता पाएको छ । करिव डेढ महिना अघिदेखि गरिएको निषेधाज्ञाका कारण स्थानिय दुध र दुग्धजन्य पदार्थको खपतमा झण्डै पचास प्रतिशत कमि आएको छ ।

दोलखा जिल्लाको मुख्य बजार भीमेश्वर नगरपालीका स्थित चरिकोट बजार, दोलखा बजार, जिरी, मैनापोखरी लगाएत स्थानहरुमा दुग्धजन्य पर्दाथहरुको मागमा कमि आएको कारणले खपतमा कमि आएको सदरमुकाम चरिकोट स्थित दोलखा दुग्ध उद्योगका प्रमुख प्रदिप शिवाकोटीले बताउनु भयो । यसै गरी निषेधाज्ञा अगाडी र अहिलेको खपत हेर्दाखेरी आदी आधा जस्तो नै फरक परेको र अहिले दुग्ध पदार्थबाट बन्ने बिभिन्न परिकारहरु पेडा, मख्खन, खुवा र पनिर लगाएतका सामाग्री खपतमा पनी धेरै कमी आएको पनी प्रमुख शिवाकोटीको भनाई रहेको छ ।

निषेधाज्ञा हुनु भन्दा पहिले दोलखा जिल्लाका भीमेश्वर नगरपालीका र जिरी नगरपालीका अनी मैनापोखरी लगाएतका बजार क्षेत्र र पर्यटकिय स्थल कालिञ्चोकमा समेत यी पदार्थहरुको खपत राम्रै हुने गरेको भने जिल्ला भन्दा बाहिर उपत्यका लगाएत हेटौडामा समेत निर्यात गर्ने गरिएकोमा हाल उक्त निर्यात र जिल्ला भित्रको खपतमा पनी कमी आएको बताउनु भयो ।

यसै गरी गत बर्ष दोलखा दुग्ध उद्योगले ५ करोड भन्दा माथीको कारोवार गर्न सफल भएको थियो भने यस आर्थिक बर्षमा तिन सवा तिन करोड बराबरीको मात्र कारोवार गरेको थाहा भएको छ । २०५६ सालदेखि निजी तथा सार्वजनिक ढाचाँमा स्थापना भई संचालन हुर्दै आएको यस दुग्ध उद्योग अहिले दुग्ध विकास संस्थानको व्यवस्थापनमा संचालन हुर्दै आएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!