Search

कांग्रेसको विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय

कांग्रेसको विपक्षी गठबन्धनलाई निरन्तरता दिने  निर्णय

४ असार, बाँपीझ्याला, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ । ‘दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्ताव आजको केन्द्रीय समितिले अनुमोदन गरेको छ।

केन्द्रीय सदस्य एनपी साउदले ‘लोकतन्त्र र संविधान जोगाउन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको बताउनु भयो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ । अब साउन १२ गते वडा अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!