Search

आलियाले पाइन् आर आर आर बाट अहिलेसम्मकै बढी पारिश्रमिक

आलियाले पाइन् आर आर आर बाट अहिलेसम्मकै बढी पारिश्रमिक

बाँपीझ्याला, एजेन्सी । यतिबेला कोभिड १९ को संक्रमण नभई दिएको भए “बाहुबली” फेम निर्देशक एसएस राजामौलीको “आरआरआर” को ट्रेलर सार्वजनिक हुन्थ्यो । दर्शक फिल्म हेर्ने र नहेर्ने योजना बनाउन व्यस्त हुन्थे । तर, महामारीले यो फिल्मको सुटिङमा अवरोध गरेपछि अब यो फिल्म कहिले रिलिज हुने हो टुंगो छैन । यदी परिस्थिती सहज हुने हो भने यो फिल्म अक्टोबर १३ मा रिलिज हुनेवाला थियो ।

तर, फिल्म रिलिज नभए पनि यो फिल्मका केही न केही समाचार आइरहेका छन् । ताजा अहिलेसम्म बाहिरिएको समाचार अनुसार यो फिल्मका लागि आलिया भट्टले अहिलेसम्मकै बढी पारिश्रमिक लिएकी छिन् । उनले लिएको यो रकम समाचार दक्षिण भारतका कुनै पनि हिरोइनले लिने पारिश्रमिकभन्दा दोब्बर बढी रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यो फिल्मका लागि आलियाले ६ करोड रुपैंया लिएकी थिइन् । जुन उनले अहिलेसम्म लिएको पारिश्रमिक मध्ये सबैभन्दा बढी पारिश्रमिक हो । यो फिल्ममा रामचरण र एनटीआरबाहेक अजय देवगन पनि मुख्य भूमिकामा देखिनेछन् । मुख्य रुपमा तेलगुमा बनेको यो फिल्म हिन्दी र तमिल भाषामा पनि एक साथ रिलिज हुनेछ ।

यसको केही भाग सुटिङ गर्न बाँकी रहे पनि आलियाले भने केही प्याचवर्कबाहेक सुटिङ सकाएको बताएको छन् । यता हिन्दीतर्फ भने आलिया शाहरुख खानको लगानीमा बन्न लागेको फिल्म ‘डार्लिङ्स’को सुटिङको तयारी गरिरहेकी छिन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!