Search

राष्ट्रिय वाणिज्य बैंकले सहुलियत, ब्याज रकममा १० प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकले सहुलियत, ब्याज रकममा १० प्रतिशत छुट

बाँपीझ्याला, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिडबाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको राष्ट्रिय बाणिज्य बैंकले आफ्ना ग्राहकलाई उक्त छुट दिने निर्णय गरेको हो ।

हाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा बन्दाबन्दी विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गूमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको बैंकको भनाई रहेको छ ।

जसका कारण ग्राहकहरुले नियमितकर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हुँदा व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहजहुने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी असार मसान्त भित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोरोनाबाट प्रभावित ग्राहकहरुलाई उक्त छुट प्रदान गरिएको हो ।

उक्त छुट सुविधा बैंकका देशैभरका शाखाबाट लिन सकिने र यसबाट १ लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरु लाभान्वित हूने बैंकको अपेक्षा रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!