Search

आज दोलखामा २१ जनामा कोरोना संक्रमण, ३८ जना मुक्त

आज दोलखामा २१ जनामा कोरोना संक्रमण, ३८ जना मुक्त

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
पछिल्लो २४ घण्टामा दोलखा जिल्ला चरिकोट अस्पतालमा ६३ जनाको पिसिआर परिक्षण गरिएकोमा १६ जना र पालीकामा १ सय २१ जनाको एन्टिजिन परिक्षण गरिएकामा ५ जना गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा गौरिशंकर गाउँपालिकाबाट ५ पुरुष, मेलुङ गाउँपालिकाबाट २ पुरुष, भिमेश्वर नगरपालिकाबाट ९ पुरुष, ५ महिला गरि १४ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।

त्यसैगरि जिल्लाका ३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लाका विगु गाउँपालिकाबाट १२ पुरुष, ९ महिला गरि २१ जना, जिरी नगरपालिकाबाट २ पुरुष, ३ महिला गरि ५ जना, भीमेश्वर नगरपालिकाबाट ८ पुरुष, ४ महिला गरि १२ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले प्रकाशन गरेको दैनिक स्वास्थ्य अध्यावधिक रिर्पोटमा जनाईएको छ ।

जिल्लाका संक्रमित मध्ये २८ जना अस्पतालमा उपचाररत छन् । उनिहरु चरिकोट अस्पतालको एचडियुमा ५ जना, आइसोलेसन वार्डमा ४ जना, सिंगटी अस्पतालमा ११ जना, वैत्यश्वर अस्पतालमा ३ जना, तामाकोसी कोभिड अस्पतालमा ३, विगु कोभिड अस्पतालमा २ जना संक्रमित उपचाररत छन् ।

आजसम्म जिल्लामा १ हजार १ सय २ पुरुष, ८ सय ८४ महिला गरि एक हजार ९ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ९५ पुरुष, २ सय ४६ महिला गरि ५ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । यसै गरी ८ सय १ पुरुष, ६ सय ३५ महिला गरि १ हजार ४ सय ३६ जना निको भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!