Search

१ हजार ९६३ थपिए, ४ हजार २० कोरोनामुक्त, ४४ को मृत्यु

१ हजार ९६३ थपिए, ४ हजार २० कोरोनामुक्त, ४४ को मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका १ हजार ९६६ सङ्क्रमित थपिएका छन् । ७ हजार ५६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १ हजार ९६६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसरी सङ्क्रमित थपिए सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित ६ लाख १७ हजार ९४७ पुगेको छ । एन्टीजेन बिधिबाट पोजेटिभ पाइएकाहरुको संख्या २४ हजार ८६१ छ । हाल नेपालमा ५९ हजार ६२४ जना सक्रिय सङ््क्रमित छन् ।

मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ४ हजार २० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ५ लाख ४९ हजार ६८२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८९ प्रतिशत पुगेको छ ।

गएको २४ घण्टामा ४४ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणको कारणले ८ हजार ६४१ जनाको मृत्यु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!