Search

राहतमा राजनीतिकरण

राहतमा राजनीतिकरण

बालकृष्ण श्रेष्ष्ठ “पासा”
बाँपीझ्याला, सिन्धुपाल्चोक ।
मेलम्ची खानेपानी आयोजनाको अधिकांश भाग भीषण बाढीको चपेटामा परेकोछ । यतीबेला सिन्धुपाल्चोकको पीडा आँसु बनेर बाढी र भेलसंगै बगिरहेको छ भने हृदय नदी किनारमा बगेको माटो र बालुवा संगै थिलथिलो बनिरहेको छ । कतिको बास बगेको छ त कतिपय गाँस बिना भोकले तड्पिरहेको छ ।

कसैले जानेर पनि बुझपचाहा बनेर खोला किनारलाई आफ्नो नाममा दर्ता गरेर महल ठर्याएर व्यापार गर्ने सोच राखे, कसैले वाध्य भएर टाउको लुकाउने छाप्रो बनाए, तर प्रकृति प्रकोपको ख्याल राखेनन् जो अहिले बिचल्ली भएर हारगुहार गरिरहेका छन् । सार्वजनिक जमीनलाई समेत आफ्नो नाममा राखेर हैकमवादी अपनाउनेहरुको कमि छैन कतैपनि । जब आपद विपद आईलाग्छ अनि सरकारलाई दोष दिने, आलोचना गर्ने बानीले कसैलाई छोडेको छैन ।

सरकारी निकाय र व्यवस्थापन पक्षले पनि प्रकृति र प्रवृत्तिलाई आंकलन गरेर समयमै सचेतना र जागरणको अभियानलाई तीव्रता अपनाउनु पर्ने हो त्यतातिर ध्यान दिएको देखिदैन, केवल पत्रकार सम्मेलन गरेर विकास र निकासको अपव्याख्या गरेर सिमित जनताको ध्यान तान्ने काम बाहेक अरु केही भएको छ जस्तो लाग्दैन ।

अहिले दैवी प्रकोपको चपेटामा परेका पीडित नागरिकलाई विभिन्न संघ, संस्था र कल्याणकारी समुहले राहत बाँड्ने काम हुँदा पनि सत्तापक्षका भातृ संगठनहरुले आफ्नो नामको संकेत बोर्ड, ब्यानर राखेर आम नागरिकको मनमा आघात पारिरहेको तथ्य सार्वजनिक भएको छ, यो अति नै निन्दनीय कार्य हो ।

घटना सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा गैर सरकारी संस्था र सामाजिक संस्थाले राहत बाँड्न जाँदा स्थानीय युवा समुहले अनेरास्ववियूको झण्डा सहितको व्यानर राखेर आधिपत्य जमाउन खोज्दा राहत पक्ष र ती पक्ष बिच झडपको स्थिति सृजना भयो । यो अत्यन्तै शर्मनाक दुःखलाग्दो कुरा हो । अनेरास्ववियु आफैले राहत बाँड्ने काम किन गरेनन् त ?

अरुले गरेको कार्यमा आफ्नो नामको व्यापारीकरण किन गर्न खोजे ? प्रश्न सत्तापक्षले बुझ्लान् अर्को तर्फ जथाभावी सेल्फि खिंचेर आज राहत कार्यक्रममा सहभागी भईयो भनेर सामाजिक सञ्जालमा फोटो हाल्ने परिपाटिले पनि सामान्य जनमानसमा अर्को पीडाबोध भएको छ ।

यहाँ हरेक कुरामा हरेक दिन सत्ताधारीहरुको मनोमानी चलखेलले पनि जनतामा वितृष्णा फैलिएको कुरालाई नकार्न सकिन्न । उद्दार कार्यमा तुरुन्तै लगाव राख्नुपर्ने कुरालाई पंछाएर हेलिकोप्टरबाट दृश्य अवलोकन गर्दै झूटो आश्वासन दिने कामको अन्त्य कहिले हुने हो हेर्न अझै बाँकी नै छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!