Search

आज शुक्रबार पनि काँग्रेसको बैठक १ बजे बस्दै

आज शुक्रबार पनि काँग्रेसको बैठक १ बजे बस्दै

बाँपीझ्याला, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार पनि बस्दै छ। आफ्नौ पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा बिहीबारदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । हिजो विहिबारको बैठकले महाधिवेशनको तालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरेको छ ।

यसअघि पदाधिकारी बैठकले क्रियाशील सदस्यताको सम्पूर्ण कार्यको टुंगो असार २० सम्ममा लगाउने भनेकोमा त्यसलाई बढाएर असार मसान्तसम्म समय दिइएको छ ।

महाधिवेशनको मिति भने भदौ १६ देखि १९ सम्म तोकिएको छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको तालिकाअनुसार गाउँ वडा अधिवेशन आगामी साउन १२ गते हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!