Search

आज ११ बजे गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिने

आज ११ बजे गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिने

बाँपीझ्याला, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मतका लिने भएको छ । आज विहान ११ बजे पोखरा सभागृह हालको संसद भवनमा उहाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ । गण्डकी प्रदेशमा अहिले ५९ सांसद छन् ।

उहाँलाइ विश्वासको मत जित्न ३० सांसद आवश्यक हुन्छ मुख्यमन्त्रीतर्फ अहिले ३१ सांसद छन् ।
गण्डकीमा ११ मन्त्रालय छ । अहिले पाँचजना मन्त्री मात्रै नियुक्त भएका हुनुहुन्छ ।

शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनु भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत आज लिन लाग्नुभएको हो । मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले बताउनु भयो ।

विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पेस गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!