Search

कालिन्चोक गाउँपालिका–३ पोखरेका अभिनय कार्कीको ७७ वटै जिल्ला यात्रा गर्ने योजना स्थगित

कालिन्चोक गाउँपालिका–३ पोखरेका अभिनय कार्कीको ७७ वटै जिल्ला यात्रा गर्ने योजना स्थगित

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला कालिन्चोक गाउँपालिका–३ पोखरेका अभिनय कार्कीले साइकलको माध्यमबाट नेपाल भरीका ७७ वटै जिल्लाको यात्रामा निस्कने योजना रहेको थियो । तहर हाल उनले उक्त योजनालाई तत्कालका लागि स्थगित गरेका छन् ।

यसअघि सय भन्दा बढी देशको राष्ट्रिय झन्डा सहित मेची–महाकाली पैदल यात्रा गरेका अभिनयले पैदल यात्रा सकिने बित्तिकै साइकलमार्फत् देशको यात्रा गर्ने योजना बनाएका थिए । तर विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणका कारण धेरैजसो देशहरु संक्रमणको चपेटामा परेको कारणले गर्दा हाल उक्त यात्रा स्थगन गरेको थाहा भएको छ ।

यदी कोभिड १९ को दोश्रो संक्रमणको असर नपरको भए असार ६ गतेदेखि यात्रामा निस्कने घोषणा गरी आवश्यक तयारीमा जुटेको भएपनी अहिले कोभिडको संक्रमण हराई नसकेकोेले उक्त सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निज अभियानले बताएका छन् । तर कोरोना मत्थर भएपछि मेरो योजना सफल पार्ने गरी तयारी गरिरहेको छु भनेर अभिव्यक्त दिएका छन् ।

“फ्रस्टेशन, डिप्रेशन र लागु औषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध देश निर्माणका लागि युवाहरु एकजुट बनौँ” भन्ने मुल नाराका साथ सय दिनमा साइकलमार्फत नेपाल भ्रमण गर्ने उनको योजना हो । सो कार्यका लागि केही व्यक्तिहरुबाट सहयोग समेत प्राप्त भइरहेको उनले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!