Search

समय–संगत–५

समय–संगत–५

समय–संगत ४ को बाँकी……

बालकृष्ण श्रेष्ठ “पासा”
शिशिरको घरमा रातको निकैबेर कुराकानी गरेपछि वसन्त समुहका सबैजना घरतर्फ लाग्ने तरखर गरेर मुल ढोकामा पुगे । त्यो थाहा पाएर शिशिरको बुबा अक्कलेले ढोका खोलिदियो । निकै हतास मनस्थितिमा रहेका हेमन्त र शरदको हाउभाउले अक्कले अलिक सशंकित भएको जस्तो लागेको थियो तैपनि केही भनेन, उनीहरु गएपछि ढोका बन्द गरेर आफ्नो बिस्तरातिर लाग्यो, के भनुँ के भनुँ जस्तो नलागेको होइन तैपनि अहिलेसम्म स्कुलबाट कुनै नराम्रो टीका टिप्पणी नभएकोमा उ ढुक्क नै थियोे ।

उता शरद, बसन्त र हेमन्त पनि आआफ्नो घर पुगे । बसन्तको बुबा गम्भीर ध्वज भरखरै मात्र कार्यालय छुट्टि लिएर आएको हुनाले घरमा केही आफन्त छिमेकीको साथमा बसेर गफ मार्दै थियो । त्यही समयमा स्कुलका प्रधानाध्यापक त्रैलोक्य र शिक्षिका अरुणा पनि सम्मिलित थिए ।

आज घरमा निकै रातसम्म कोठामा मान्छेहरूको गुनगुन सुनेर बसन्तलाई अचम्म लागेको थियोे, उसले सिधै अनुमान लगायो कि पक्कै पनि बुबा आएको हुनुपर्छ, भनेर सुस्तरी पाइला चाल्दै कोठामा पुग्यो । बैठक कोठाबाटै आफ्नो कक्षमा जानुपर्ने भएकोले उसले आँखा छल्ने कुरै भएन । सिधै गम्भीर तर्फ बढेर आदरता पूर्वक ढोग गर्यो र प्रअ त्रैलोक्यलाई पनि नमस्कार गर्यो । गम्भीरले छोराको अनुहार हेर्दै…

“छोरा ! यतिबेलासम्म कहाँ थियौ ? म आएको २ घण्टा भैसक्यो, सर म्याडमले सोध्दै हुनुहुन्थ्यो, बसन्त टक्क अडिएर जवाफ दियो । “शिशिरकोमा गएर आएको बुबा,‘ सानोतिनो सल्लाह गर्नु थियो” त्यही बेला उनकी आमा पद्मा आएर बोलिन “ल ल बाबु जाउ हातमुख धोएर आउ, म खाना पस्किदिन्छु‘ अनि हजुरहरु पनि तैयार हुनुहोस् आज धेरै ढिला भयो” भन्दै भान्सातिर लागिन् ।

त्यसपछि खानपिनको कार्यक्रम भयो, केहीबेरको कुराकानी पछि सबैजना छुट्टिए, बसन्त पनि आफ्नो कक्षमा गएर सुत्ने तर्खर गर्दै थियो, त्यही बेला उनको बुबा हातमा एउटा झोला लिएर आईपुग्यो “ल छोरा, तिमीहरूको लागि मैले एउटा सौगात ल्याईदिएको छु‘“ भनेर हातमा थमाईदिने बेलामा बसन्तले अचम्मित हुँदै “सौगात ? कस्तो सौगात बुबा….“ भन्दै लियो, त्यसमा के थियोे त्यो थाहा थिएन,‘ र गम्भीरले छोराको कुममा धाप मार्दै भन्यो,

“तँ मेरो आज्ञाकारी छोरा होस्, तेरो हरेक कृयाकलाप देखेर म एकदम खुशी छु, त्यसैले तिमीहरूका हेडसरसंग सल्लाह गरेरै मैले यो चीज ल्याईदिएको छु, भोलि तेरा साथीहरू तीन सबैलाई यहीँ बोला‘ अनि बाँडेर लेओ…ल अब सुत, “भनेर ढोका तान्दै बाहिर लाग्यो, यता बसन्तलाई खुल्दुली लाग्न थालेको थियोे, तैपनि बुबाको आदेशको पालन गरेर सुत्यो ।

यता शिशिरलाई पटक्कै निद्रा लागेन् उसलाई नयाँ साथीहरू रायन र विक्रमको कृयाकलाप प्रति शंका उपशंका लाग्न थाल्यो, उनीहरूले कतै नराम्रो काममा उक्साउन खोजेका त होइनन् भन्ने प्रश्न मनमा गडिरहेकोले आफ्ना पुराना साथीहरू र नयाँ साथीहरू बीचको कुरालाई तुलना गर्दागर्दै निदायो ।

यता हेमन्तलाई पनि अनिदो छट्पटी लागिरहेको थियो । एकातर्फ रायन भन्ने साथीको भनाइप्रति सहमति जनाउनु उपयुक्त लागेको थियोे । किनकि स्कुलको पढाइमा मात्रै ध्यान दिएर बाहिरी कुरामा कुनै ज्ञान नहुनु पनि राम्रो कुरा होइन, कुनैकुनै कुरा बाहिरी वातावरणको पनि जान्नु आवश्यक पर्छ, प्रयोगशालामा अभ्यास गर्नु र पुस्तकको भरमा ज्ञान हासिल गर्नुमा धेरै फरक पर्छ भन्नेबारे विक्रमको कुरा पनि गलत होइन, तर बाहिरी कुराकानीमा ध्यान दिंदा दिंदा परीक्षाको सम्बन्धित विषयमाथि ध्यान दिन नसकिएला र अहिलेसम्मको राम्रो नतिजामा असर पर्नेहुन् कि भन्ने शिशिरको अनुमानित शंका पनि गलत होइन ।

यस्तै लघुशंकाको बारेमा सोच्दासोच्दै हेमन्त निदाउन पुग्यो । पूर्व उज्यालो हुनासाथ वसन्त उठेर मुख धोइकन सिधै हेमन्तको घर पुग्यो, उतैबाट शिशिर र शरदको घर गएर चारैजना जम्मा भएर फेरि बसन्तको घरमा आए । त्यतिबेलासम्म बसन्तको घरमा बाबुआमा दुवैजना उठेका थिएनन्, बसन्तले तीनैजना साथीहरूलाई आफ्नो कोठामा लगेर हेर, साथीहरू ! मेरो बुबाले हामीलाई एउटा चीज ल्याइदिनु भएको छ, त्यो के हो मलाई नै थाहा छैन ।

मलाई हिजो नै खोलेर हेर्न मन लागेको थियो भनेर आलमारीबाट एउटा पोको निकाल्यो, जुन बुट्टेदार कागजले बेह्रेको थियोे । उसको कुरा सुनेर तीनैजना साथीहरूलाई झनै उत्सुकता छाउन थाल्यो, शिशिरले अलि हतारिंदै भन्न थाल्यो “ए हेरौं न त के ल्याउनुभएको रहेछ बुबाले‘“ फेरि हेमन्तले “डिक्स्नेरी हो कि हेर्दा त त्यस्तै लाग्छ” भनेर अगि सर्यो । शरदले चाहिँ ढोकातर्फ हेर्दै भन्न थाल्यो,‘
“बुबाआमालाई नसोधी खोल्ने र ? “उसको नटुङ्गिदै बसन्तकी आमा कोठामा पसिन् ।

पद्मावती कोठामा आउँदा आउँदै “ओहो, बाबुहरु आएका रहेछन् र पो आज कोठामा निकै हल्लीखल्ली सुनिएको रैछ” आवाज सुनेर सबैले नमस्ते गरे एकैसाथ । नमस्ते फर्काउँदै पद्माले पूनः भनिन्,‘“ ल ल बाबुहरु गफसप गर्दै गर, म चिया बनाउन लाउँछु, “भन्दै बाहिर लागिन्, बसन्तले पाकेट खोल्दै, “केटाहरुलाई हतारो भैसक्या होला” भनेर खोलिएको बट्टाबाट एकएक गरेर निकाल्यो बसन्तले । शरद र शिशिर निकै उत्साहित भएको थियोे, हेमन्तले प्याच्च बोलेर रहस्य के हो खोलिदियो‘‘
“वाउ, मोबाइल ल्याईदिनुभएको ? ल मोज गर बसन्ते, अस्तिदेखि गनगन गर्दैथियो केटो‘“ उसको कुरा सुनेर शिशिरले उदासीनता देखाउँदै भन्यो, “अब बसन्तको पो बुबा पहुँचवाला हुनुहुन्छ ल्यााईदिनु हुन्छ, हाम्रो त‘“ भन्दाभन्दै बसन्तको बुबा कोठामा आईपुग्यो,‘ ।

“तिमीहरू सबैलाई ल्याईदेको छु केटा हो‘ पीर नमान, तिमीहरूको पढाइको कुरा सुनेर र तिमीहरूको मित्रता देखेर म अति नै खुशी छु, यसरी सँधै एकसाथ मिलेर बस्नु…“ गम्भीरको कुरा सुनेर हेमन्तले भन्यो,‘

“बुबा हजुरले यसमा कुनै शंका नमान्नु, हामी सँधैभरि एकसाथ नै हुनेछौं, तर हाम्रो स्कुलमा त‘“ उसको कुरा नटुंगिदै गम्भीरले भन्न थाल्यो,‘

“त्यसको तिमीहरू चिन्तै मान्नुपर्ने छैन, मैले त्रैलोक्यजी संग सबै कुरा मिलाईसकें, अब यो जमाना अनुसार चल्नुपर्छ, यो किशोरावस्थामा केटाकेटीलाई समय अनुसार चल्न दिनुपर्छ, अनुशासनको नाममा धेरै नियन्त्रण गर्नुहुन्न भनेर‘ र एउटा कुरा यत्ति याद राख कि यो मोबाइल स्कुलमा चाहिँ बन्द गर्ने गर,‘।” त्यसपछि चारैजनाले एकएकवटा मोबाइल बोकेर बजारतर्फ लागे । सिम किनेर हाले, सबैजना दंग हुँदै घरतर्फ लागे ।

निकै वर्षको प्रतीक्षामा रहेका थिए ती चार किशोरहरु, मोबाइल सदुपयोग गर्दा के कति फाइदा हुन्छ भन्नेबारे उत्सुकता नभएको होइन, स्केलमा भएको डेस्क टप कम्प्युटरबाट केही मात्रामा जानकारी भएपनि स्कुलको अनुशासनको सीमा भित्र बाँधिएका थिए सबै विद्यार्थीहरू ।

प्रधानाध्यापक त्रैलोक्यको नियम नराम्रो त थिएन नै, शहरी क्षेत्रमा भएको विद्यालयमा मोबाइलबाट हुने भाइरल र अनर्गल प्रयोगले कतिपयको पढाइमा वाधा परेको कुरा उसलाई राम्रोसँग थाहा थियोे, तर अभिभावकहरूले नै गुनासा व्यक्त गर्न थालेपछि स्वीकार्न विवश भए, तथापि आफ्नो स्कुलको नियम उलंघन नगराउने शर्तमा अभिभावक र केही विद्यार्थीलाई मोबाइल बोक्न पाउने निर्देशन दिए ।
यता मेघराजको घरमा रायन र विक्रमले ती चारैजनाले मोबाइल पाए भन्ने खबर पाएपछि उनीहरूमा थप योजना बन्न थाले, उनीहरू के सोच्दैछन् भन्नेबारे कसैलाई ज्ञान थिएन । तर मेघालाई भने हेमन्तहरुले पनि मोबाइल पाए भन्ने सुनेर प्रफुल्ल हुन थालेकी थिइन् । यसै क्रममा नजिकैको साथी गंगा र स्नेहालाई आफ्नै घरमा बोलाएर कुराकानी गर्न थालिन् । स्नेहा र गंगालाई भने मेघाको मनमा के खिचडी पाक्दैछ भन्नेबारे केही थाहा थिएन ।

ती किशोरीहरुमा शारीरिक रुपमा परिवर्तन हुँदै वयस्कले परिभाषित गर्दै गएपछि अनभिज्ञ मुस्कान् , लज्जापनले स्पर्श गरिरहेको कुरा उनीहरुमा अप्रत्यक्ष लक्षण देखिन थालिसकेको थियो, त्यसैले होला मेघा हिजोआज कसैको अन्जान स्पर्शमा पनि तर्सिने, तरंगित हुने आभास पाउन थालेकी थिईन्, आफ्नो शरीरको बनोटमा लजाउन खोज्थिन् । झन् केही दिन अगाडि हेमन्त संग अनयासै आँखा जुधेपछि खै कता कता केले छोएको जस्तो महशुस गर्न थालिन् ।

स्नेहा र गंगा घरमा आएपछि मेघाले आफ्नो कक्षको ढोका थुनेर गफ शुरु गर्न थालिन् “तिमीहरूले एउटा कुरा थाहा पायौ केटीहरु हो,‘‘“ तिनको कुरा सुनेर दुवैजना अनभिज्ञता जनाउँदै, “ल के तालको कुरा गरेकी हो होलि यिनले‘ भन्दै नभनी कसरी थाहा पाउने नि…. “ स्नेहाले कुरा राखिन् । फेरि गंगाले मेघालाई नियालेर हेर्दै भनिन् । “त्यै त, कस्तो खालको कुरा हो, स्कुलको बारेमा हो कि, बजारतिरको कुरा हो कि‘ ,”

अनि मेघाले अलिक कुरा घुमाउँदै भनिन्‘“ हाम्रो स्कुलमा पनि अबदेखि मोबाइल बोक्न पाउने भयो रे नि त, तर‘“ भनेर भन्दाभन्दै गंगाले कुरा राखिन्‘

“ए हो त, मलाई हेमन्तेले हिजो नै भनिसकेको छ, स्कुल समयभरि चलाउन नपाईने रे नि त,‘ अब उनको साथीको बुबा ठूला मान्छे , भनसारका हाकिम, त्यसमाथि तातोपानी भन्सार, त्यत्ति मोबाइल ल्याउन कुन गाह्रो कुरा हो र, हाम्रो पो को छ र यहाँ‘“ गंगाको कुरा सुनेर मेघाले सम्झाउँदै भनिन् ‘
“पख न केही दिन म दिउँला नि‘ अनि साँच्चै हेमन्तले कहिले भनेको तिमीलाई यो मोबाइलको कुरा‘“ प्रतिप्रश्न गरिन् ।

तिनले हेमन्तको बारेमा कुरा गर्दा अनुहारमा केही भाव परिवर्तन भएको थियोे, त्यो देखर स्नेहाले अलिकति भूमिका बाँधेर कुरा घुमाएर भनिन्‘
“के हो मेघा ! हिजोआज तेरो कुराअलि बुझ्न गाह्रो भएको छ है,“
“किन र.”
बाँकी क्रमशः

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!