Search

दोलखामा संक्रमणको संख्या न्यून, एकैदिन आज १ सय २४ जना कोरोना मुक्त

दोलखामा संक्रमणको संख्या न्यून, एकैदिन आज १ सय २४ जना कोरोना मुक्त

अजय प्रधान,
बाँपीझ्याला, दोलखा । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका दैनिक स्वास्थ्य अध्यावधीक रिर्पोट अनुसार पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबभन्दा बढि कोरोना संक्रमण मुक्त भएको छ । जसमा भीमेश्वर नगरपालिकाबाट ५१ जना, मेलुङ गाउँपालिकाबाट २० पुरुष, २१ महिला गरि ४१ जना, वैत्यश्वर गाउँपालिकाबाट ८ पुरुष, ७ महिला गरि १५ जना, तामाकोसी गाउँपालिकाबाट १० पुरुष, ५ महिला गरि १५ जना, कालिन्चोक गाउँपालिकाबाट २ महिला गरि जम्मा १ सय २४ जना संक्रममण मुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा चरिकोट अस्पतालमा ९० जनाको पिसिआर परिक्षण गरिएकोमा १२ जनामा रिर्पोट पोजेटिभ देखिएको छ भने १ सय २ जनाको एन्टिजेन परिक्षण गरिएकामा १९ जनाको पिसिआर रिपोर्ट पोजिटिभ गरी जम्मा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा तामाकोसी गाउँपालिकाबाट ३ पुरुष, २ महिला गरि ५ जना, गौरिशंकर गाउँपालिकाबाट ८ पुरुष, ३ महिला गरि ११ जना, भीमेश्वर नगरपालिकाबाट ७ पुरुष ४ महिला गरि ११ जना, कालिन्चोक गाउँपालिकाबाट ३ महिला, शैलुङ गाउँपालिकाबाट १ पुरुषमा कोरोना संक्रमण पुष्टि गरि जम्मा ३१ जनामा पोजेटिभ रिर्पोट देखिएको छ ।

यसरी संक्रमित भएकाहरु मध्ये चरिकोट अस्पतालको एचडियुमा ५ जना, आइसोलेसन वार्डमा २ जना, सिंगटी अस्पतालमा ११, वैत्यश्वर अस्पतालमा ३ जना, तामाकोसी कोभिड अस्पतालमा ४ जना र विगु कोभिड अस्पतालमा २ जना उपचाररत छन्

अहिलेसम्म दोलखा जिल्लामा पुरुष एकहजार एकानब्बे जना, महिला आठसय त्रिहत्तर जना गरी जम्मा एकहजार नौशय चौसठ्ठी जनामा कारोना संक्रमण पुष्टी भएको छ । यसै गरी पुरुष तिनसय छ जना, महिला दुईसय एकाउन्न जना गरी जम्मा पाँचशय सन्ताउन्न जना संक्रमित र सातसय उनान्असी जना पुरुष र छ सय उन्नाईस जना महिला गरी एक हजार तीनसय अन्ठानब्बे जना निको भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!