Search

पछिल्लो २४ घण्टामा १ हजार ७६८ थपिए, २ हजार १४१ कोरोनामुक्त, ३९ को मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ७६८ थपिए, २ हजार १४१ कोरोनामुक्त, ३९ को मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपाल भरी कोरोनाभाइरसका १ हजार ७६८ सङ्क्रमित थपिएका छन् । यसै गरी ७ हजार ७११ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १ हजार ७६८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित ६ लाख १५ हजार ९८४ पुगेको छ । एन्टीजेन बिधिबाट हालसम्म २४ हजार ५६ को रिपोर्ट पोजेटिभ आएको छ । हाल नेपालमा ६१ ह्जार ७२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २ हजार १४१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ५ लाख ४५ हजार ६६२ जना सङ्क्रमित कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८८.६ प्रतिशत पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ३९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५९७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!