Search

दोलखा जिल्लाको तामाकोशी गाउँपालिका स्थित हाँवामा धारा वितरण

दोलखा जिल्लाको तामाकोशी गाउँपालिका स्थित हाँवामा धारा वितरण

अजय प्रधान,
बाँपीझ्याला, काठमाण्डौं ।
दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर ७ हाँवाका ६६ घरधुरीमा एक घर एक धारा स्थापना गरिएको छ । उक्त गाउँपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरी हाँवाको विभिन्न टोलको घरमा धारा पु¥याएको हो ।

हाल सम्म धारा वितरण गरिएको वडाका टोलहरुमा आरुस्वाँरामा ८ घर, नेपानेमा ६ घर, लामीडाँडामा २७ घर, जोगीडाँडामा ६ घर, उर्नेलिमा १३ घर, जरेपानीमा १२ घर, थलडाँडामा ६ घर गरि जम्मा ६६ घरधुरी परिवारमा पानीको सुविधा पु¥याइएको छ ।

चालु आर्थिक वर्ष आरुस्वाँरा स्थित ८ घर र उर्नेलिका १३ घरमा धारा पु¥याएको तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष उर्मिला खड्काले बताउनु भयो । गाउँपालिकाले स्थानीय सरकार गठन भए देखी नै हाँवाको टोलमा पानीका लागी आवश्यक बजेट विनियोजन गर्दै आएको थियो । हाँवाको बाँकी रहेका टोलमा पनि खानेपानीका लागी स्थानिय जनताको आवश्यकतालाई ध्यान दिई सोही अनुसार यस पनी वर्ष बजेट विनियोजन गर्ने उपाध्यक्ष खड्काले बताउनु भएको छ ।

केहि वर्ष अघि वडाको देउराली पैयाँबोट टोलमा २२ घरधुरी र तल्लो हाँवामा २३ घरलाई जिडब्लुएसले खानेपानी पु¥याइदिएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!