Search

दोलखा जिल्ला सदरमुकाम चरिकोट सातदोबाटो स्थित स्तम्भमा स्वर्गिय भीम बहादुर तामाङको प्रतिमा राख्ने

दोलखा जिल्ला सदरमुकाम चरिकोट सातदोबाटो स्थित स्तम्भमा स्वर्गिय भीम बहादुर तामाङको प्रतिमा राख्ने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
नेपाल तरुण दल जिल्ला कार्यसमिती दोलखाले नेपाली काँग्रेसका नेता तथा मन्त्री स्वर्गिय भीम बहादुर तमाङको स्मृतीमा दोलखा जिल्लाको सदरमुकाम चरिकोट सातदोबाटो स्थित स्तम्भमा एक महिना भित्र भीम बहादुर तामाङको शालिक राख्ने घोषणा गर्दै जिल्ला अध्यक्ष दावासाङ्गे शेर्पाको नामबाट आज एक बिज्ञप्ती जारी गरिएको छ ।

बागमती प्रदेश सांसद एवं एमालेका नेता स्वर्गिय पशुपति चौलागाईको स्मृतीमा चरिकोट अस्पतालको नाम परिवर्तन गरेर “पशुपती चौलागाईं स्मृती अस्पताल” राख्ने भन्ने निर्णयको लगतै नेपाल तरुण दल जिल्ला शाखा दोलखाले यो निर्णय सार्वजनिक गरेको हो ।

यसको साथै लामोसाँगु–जिरी सडकमार्गलाई भीम बहादुर तामाङ राजमार्ग घोषणा गर्न समेत माग गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!