Search

एकै खेलमा रोनाल्डोका ६ रेकर्ड

एकै खेलमा रोनाल्डोका ६ रेकर्ड

बाँपीझ्याला, एजेन्सी । हंगेरीविरुद्ध दुई गोल गर्दै क्रिष्ट्रियानो रोनाल्डोले ६ वटा रेकर्ड बनाए । १० उनी युरोकपका पाँचवटा संस्करणमा सहभागिता जनाउने पहिलो खेलाडी बने । यसअघि सन् २००४, २००८, २०१२ र २०१६ मा पनि रोनाल्डो टिमका सदस्य थिए । २० पाँचवटै युरोकपमा गोल कीर्तिमान पनि उनको नाममा रह्यो ।

३० युरोकपको इतिहासमै सर्वाधिक धेरै गोल गर्ने किर्तिमान रोनाल्डोले एकलौटी रुपमा आफ्नो नाममा लेखाए । यसअघि माइकल प्लाटिनी र रोनाल्डोको नाममा समान ९ गोल गर्ने किर्तिमान थियो । अब रोनाल्डोको नाममा ११ गोल छ ।
४० पोर्चुगलका लागि ठूला प्रतियोगितामा गोल गर्ने रोनाल्डो सबैभन्दा पाको खेलाडी हुन् । उनले ३६ वर्ष १ सय ३० दिनको उमेरमा दुई गोल गरे । यसअघि पेपेले २०१८ को विश्वकपमा ३५ वर्ष १ सय २४ दिनमा गोल गरेका थिए ।

५० सबैभन्दा पाको उमेरमा युरोकपको एकै खेलमा दुई गोल गर्ने रेकर्ड पनि रोनाल्डोले लेखाए । यसअघि आन्द्रे सेभचेन्कोले ३५ वर्ष २ सय ५६ दिनको उमेरमा एकै खेलमा दुई गोल गरेका थिए ।

६० युरोकपमा सर्वाधिक धेरै खेल जित्ने कीर्तिमान पनि रोनाल्डोले एकलौटी बनाए । यसअघि आन्द्रेस इनिस्टा, सेस फाब्रिगास र रोनाल्डोका नाममा युरोकपमा सर्वाधिक ११ खेल जित्ने कीर्तिमान संयुक्त थियो । तर, अब रोनाल्डोले १२ खेल जितिसकेका छन् ।

युरोकपमा अझै धेरै खेल बाँकी छन् र रोनाल्डोले यसक्रममा यी कीर्तिमान तोड्न सक्छन् ।

१०पोर्चुगलका लागि १ सय ६ गोल गरेका रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका इरानका अली देईले १ सय ९ गोल गरेका छन् । जारी प्रतियोगितामा रोनाल्डोले यो कीर्तिमान बराबरी गर्न र तोड्न पनि सक्छन् ।

२० युरोको इतिहासमा सर्वाधिक धेरै एसिस्ट गर्ने कीर्तिमान केरल पोवास्र्काईका नाममा छ । उनले ६ एसिस्ट गरेका छन् । रोनाल्डोले अहिलेसम्म ५ एसिस्ट गरेका छन् र यो कीर्तिमान तोड्न सक्छन् । राहुल, डेभिड बेकह्याम, लुईस फिगो, आर्यन रोब्बिन र बास्टिन स्वेन्सटाइजरले पनि युरोमा ५ एसिस्ट गरेका छन् ।

३० युरोपेली राष्ट्रबाट सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान सर्जियो रामोसको नाममा छ । रामोसले स्पेनका लागि १ सय ८० खेल खेलेका छन् । हंगेरीविरुद्धको खेल रोनाल्डोका लागि पोर्चुगलको जर्सीमा १ सय ७६ औं थियो । यदि, पोर्चुगलले सेमिफाइनलसम्म स्थान बनाएमा रोनाल्डोले रामोसको कीर्तिमान तोड्न सक्छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment