Search

कोभिड १९ को संक्रमितहरुको लागि अभयपुर युवा क्लव दोलखाको सक्रियतामा आकस्मिक सेवा तथा सद्भाव अभियान

कोभिड १९ को संक्रमितहरुको लागि अभयपुर युवा क्लव दोलखाको सक्रियतामा आकस्मिक सेवा तथा सद्भाव अभियान

राजेश श्रेष्ठ
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका वडा नंं २ स्थित अभयपुर युवा क्लब द्वारा संचालित स्थानिय वािसन्दाहरुको सेवाको लागि आकस्मिक सेवा तथा सद्भाव अभियान संचालन गरको छ । यस कार्य अन्तर्गत १ शय ११ परिवारमा खाद्यान्न सामाग्री वितरण गरिएको छ । यसै गरी मठ–मन्दिरमा रहेका पन्छी र स्थानिय रुपमा छाडा रहेका कुकुरहरुको लागि आहारा खुवाउने अभियान आज ८ औँ दिनमा चलिरहेको उक्त क्लवका अध्यक्ष राजेश श्रेष्ठले बताउनु भयो ।

यसै गरी विवेकशील साझाको संयोजकत्वमा अभयपुर युवा क्लब दोलखाको सक्रियतामा निःशुल्क एम्बुलेन्स सेवा संचालन भईरहेको र हालसम्म ३ जना विरामीले निःशुल्क सेवाको उपयोग गरिसकेको श्रेष्ठले बताउनु हुन्छ । दोलखा स्थित धुलिखेल अस्पतालमा आईसियुमा उपचाररत एक विरामीको आर्थिक अवस्था कमजोर रहेकोले उक्त अस्पतालले निःशुल्क उपचार गरिदिएको दिएको छ । विरामी र कुरुवाको खानाको व्यवस्था क्लवले व्यवस्थापन गरेको छ ।

यसै गरी भीमेश्वर मन्दिर लगायत दोलखा स्थित बिभिन्न देव देवालयमा रहेका परेवालाई चामल करिव दुईहप्तालाई पुग्ने गरी व्यवस्थापन गरि सम्वन्धीत निकायलाई दिएको थाहा भएको छ । कोभिडबाट विरामी हुनेहरुको लागि जाँच गर्न सजिलो गर्ने उद्देश्यले अक्सामिटर, थर्माेमिटर, तथा सुरक्षाको लागि स्वास्थ्य सामाग्री लगायत आवश्यक औषधिहरू निःशुल्क वितरण गर्न विभिन्न दाताहरुसँग कुरा भईरहेको र निकट भविष्यमा नै कालिन्चोक युवा क्लब दोलखाको संयोजन र अभयुपर युवा क्लबको सक्रियतामा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम रहेको समेत क्लवका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यस अभियानमा आर्थिक, नैतिक, भौतिक सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनप्रति हृदयदेखि नै आभार व्यक्त गर्दै धन्यवाद दिनुका साथै आकस्मिक सेवा चाहिएमा अभयपुर क्लवका अध्यक्ष श्रेष्ठ लगायत अन्य पदाधिकारीलाई सम्पर्कको लागि समेत अनुरोध गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!