Search

दोलखामा ४० जना कोरोना संक्रमण मुक्त, संक्रमण न्यून र कोभिशिल्डको दोश्रो डोज छुट २ शय २० नागरिकलाई खोप

दोलखामा ४० जना कोरोना संक्रमण मुक्त, संक्रमण न्यून र कोभिशिल्डको दोश्रो डोज छुट २ शय २० नागरिकलाई खोप

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला चरिकोट अस्पतालमा पछिल्लो २४ घण्टामा २४ जनाको पिसिआर परिक्षण गरिएकोमा ८ जना र पालीकामा ७४ जनाको एन्टिजिन परिक्षण गरिएकोमा ९ जना गरि जम्मा १७ जना नयाँ संक्रमित थपिए सँगै सक्रिय संक्रमितको संख्या ६५० पुगेको छ । यसै गरी ४० जना संक्रमण मुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय दोलखाले प्रकाशित गरिएको दैनिक स्वास्थ्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसै गरी यही २०७८ अषाढ १ र २ गते चरिकोट अस्पतालमा कोभिड १९ विरुद्धको खोप कोभिसिल्डको दोश्रो डोज छुटपुट स्वास्थ्यकर्मि, संचारकर्मि, सुरक्षाकर्मि लगायत अग्रपंक्तिमा रहेर कार्य गर्नुपर्ने साथै ६५ वर्ष माथिका जेष्ठ नागरिक गरि जम्मा २२ भायलको प्रयोगबाट २२० जना नागरिकलाई खोप दिईएको छ ।

साथै भेरोसिल खोप शैलुङ गाउँपालीकामा पनी ५ जनालाई लगाईएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!