Search

२ हजार १४ थपिए, ३ हजार ८२ कोरोनामुक्त, ५२ को मृत्यु

२ हजार १४ थपिए, ३ हजार ८२ कोरोनामुक्त, ५२ को मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा २ हजार १४ जना सङ्क्रमित थपिएका छन् । ८ हजार ६८७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २ हजार १४ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित ६ लाख १४ हजार २१६ पुगेको छ । ४ हजार ३३५ नमूनाको एन्टीजेन परीक्षण गरिएकोमा ८१४ को रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ५ लाख ४३ हजार ५२१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८८।५ प्रतिशत पुगेको छ । हाल ६२ हजार १३७ जना सक्रिय सङ्क्रमित छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ५२ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा ८ हजार ५५८ जनाले ज्यान गुमाएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!