Search

नारायणीकाे पानीकाे सतह घट्दै

नारायणीकाे पानीकाे सतह घट्दै

बाँपीझ्याला, चितवन । नारायणी नदीमा पानीको बहाव विस्तारै घट्दै गएको छ । मङ्गलबार राति इतिहासकै उच्च विन्दुमा पुगेको पानीको बहाव अहिले घट्दै गएको छ। नदीको सतह मङ्गलबार राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव १ करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।

आज बुधबार दिउँसो ४ बजेबाट पानीको सतह केही घट्दै ७ दशमवल ७७ मिटरमा झरेको छ । नदीको पानी निरन्तर घट्ने क्रममा रहेको देवघाटस्थित जल मापन केन्द्रले जनाएको छ । यद्यपि पानीको तह घट्दै गए पनि चेतावनी तहभन्दा शुन्य दशमलव ४७ मिटर माथि नै पुगेको छ । त्यसैले उच्च सतर्क रहन जिल्ला प्रशासन कार्यालय चितवनले सम्वन्धीत सवैमा आग्रह सहित अनुरोध गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!