Search

नेपाल तरुण दलले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न निर्देशन

नेपाल तरुण दलले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न निर्देशन

२ असार, बाँपीझ्याला, काठमाडौं । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिर्दै एक बिज्ञप्ती जारी गरिएको छ ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका हुन् ।

यसै गरी आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गरि पत्रिपत्र लेखिएको छ ।

‘विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न आग्रह सहित अनुरोध गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!