Search

अभिनेत्री लीजाबेन्सको निधन

अभिनेत्री लीजाबेन्सको निधन

बाँपीझ्याला, एजेन्सी । गन गर्ल’ अभिनेत्री लीजाबेन्स न्युर्योक शहरको सडक दुर्घटनामा घाइते लीजाको अस्पतालमा उपचारको क्रममा निधन भएको छ । सडकमा स्कुटीले ठक्कर दिएको कारण उनलाई गम्भिर हालतमा अस्पताल पुर्याइएको थियो । केही दिनको उपचार पछि उनको निधन भएको हो ।

लीजाको निधन भएको उनको सहकर्मीले बताएका छन् । उनले भनेका छन् ‘लीजाको निधनमा दुःखी छौँ । उनी महान भावना भएकी उदार दिलकी महिला थिइन् । उनी मन्च होस् वा क्यामराको अगाडि सधै काममा समर्पित रहन्थिन् ।’

रिपोर्टका अनुसार एक रातो र कालो रंगको स्कुटर चढेको व्यक्तिले उनलाई ठक्कर दिएका थिए । पुलिस आउनु पहिले नै ती ब्यक्ति दुर्घटना स्थलबाट फरार भए । दुर्घटनामा लीजालाई ठुलै चोट लागेको थियो । पुलिस अधिकारीले दुर्घटना घटाउने फरार ब्यक्ति अहिलेसम्म फेला नपरेको बताएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!