Search

दोलखा जिल्लामा ११ जना कोरोना संक्रमण मुक्त, जिल्लामा भेरोसिल पहिलो डोजको खोप २ हजार ६ शय ६९ जनालाई

दोलखा जिल्लामा ११ जना कोरोना संक्रमण मुक्त, जिल्लामा भेरोसिल पहिलो डोजको खोप २ हजार ६ शय ६९ जनालाई

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित पछिल्लो २४ घण्टामा चरिकोट अस्पतालमा ६४ जनाको पिसिआर परिक्षण गरिएकोमा ५ जना र पालीकामा १४ जनाको एन्टिजिन परिक्षण गरिएकोमा ४ जना गरि जम्मा ९ जना नयाँ कोरोना संक्रमित थपिएको छ । यो सँगै सक्रिय संक्रमितको संख्या ६७२ पुगेको छ भने ११ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले आज प्रकाशित दैनिक स्वास्थ्य अध्यावधीक रिर्पोटमा उल्लेख गरिएको छ ।

यसै गरी आज मिति अषाढ १ गतेसम्म दोलखा जिल्लामा कोभिड १९ विरूद्व भेरोसिल खोपको पहिलो मात्रा २७०० डोज र पुरानो मौज्दात २३ डोज गरि जम्मा २ हजार ७ शय २३ डोज मध्ये २ हजार ६ शय ६९ जनाले खोप प्राप्त गरेका छन् ।

जसमा अनुसार भीमेश्वर नगरपालीकामा ७ शय जना, जिरी नगरपालीकामा २ शय जना, बैतेश्वर गाउँपालिकामा २ शय ७५ जना, तामाकोशि गाउँपालीकामा २ शय ७० जना विगु गाउँपालीकामा २ शय ४२ जना, शैलुङ गाउँपालिकामा २ शय २ जना, मेलुङ गाउँपालीकामा २ शय ३९ जना, गौरिशंकर गाउँपालिकामा २ शय ६ जना, र कालिन्चोक गाउँपालिकामा ३ शय ३५ जना रहेका छन् ।

यसै गरी विगु गाउँपालिकामा २, भीमेश्वर नगरपालीकामा २ गरी ४ डोज खोप खेरो गएकोे छ भने बाँकी ४३ डोज भोलि २ गते शैलुङ गाउँपालिकामा ६२ देखि ६४ उमेर समुहलाई लगाउने योजना रहेको छ । ७ डोज स्वास्थ्य कार्यालयको स्टोरमा मौज्दात रहेको छ भनी स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!