Search

भीमेश्वर नगरपालीका वडा नंं –२ डोकथली चिसापानीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

भीमेश्वर नगरपालीका वडा नंं –२ डोकथली चिसापानीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

बद्री दाहाल
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका वडा नंं २ डोकथली चिसापानीमा भीमेश्वर नगरपालीका चरिकोट दोलखाले कोरोना संक्रमित स्थानिय वासिन्दाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । डोकथली चिसापानी स्थित आज विहान स्थानिय वासिन्दाहरुलाई भीमेश्वर नगरपालीकाका नगरप्रमुख भरत बहादुर केसीले उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै माक्स प्रयोग बिधि र स्यानीटाईजरको उपयोगीतको बारेमा नगर प्रमुख केसी र स्वास्थ्य चौकी प्रमख राम मास्केले बताउनु भएको थियो । उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा भीमेश्वर नगरपालीका वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठको उपस्थिती रहेको थियो ।

यसै गरी कोरोना संक्रमित स्थानिय वासिन्दाहरुलाई एकहजार मास्क र असी थान स्यानिटाईजर गौरीशंकर पुस्तकालय चरिकोट दोलखाले सहयोग गरेको छ । यसै गरी स्थानिय समाजसेवी मुकुन्द दाहालले एकहजार थान माक्स सहयोग गर्नु भएको छ । यस कार्यमा स्थानिय समाजसेवी मेनुका सुवेदी र स्थानिय वासिन्दाहरु गुणराज सुवेदी र रामचन्द्र थामीको विशेष सहयोगमा यस हस्तान्तरण कार्य सम्पन्न गरिएको समाजसेवी मेनुका सुवेदीले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!