Search

प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

बाँपीझ्याला, काठमाण्डौं । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ को अनुमानित आय विवरण बजेट सार्वजनिक गर्दैछन् । सातै प्रदेशका अर्थमन्त्रीहरूले आ–आफ्नो प्रदेश सभा बैठकमा बजेट पेश गर्ने छन् ।

प्रत्येक बर्षको असार १ गते आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक वाध्यता छ । यसअघि ५ वटा प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पुर्वाधारको निर्माण र कृषि लगायतलाई प्राथमिकतामा राखेर पारित गरेका छन् ।

तर कर्णाली र गण्डकी प्रदेशमा भने नीति तथा कार्यक्रम नै पारित भएको छैन । ती प्रदेशमा आजै बजेट सार्वजनिक गर्नुअघि बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने तयारी भएको छ ।

गण्डकीमा मंगलबार बिहान १० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । उक्त बैठकबाट नीति तथा कार्यक्रम पारित गरि केही समय बैठक स्थगित गरेर आजै अर्को बैठकमार्फत बजेट पारित गर्ने तयारी छ । गण्डकीमा तीन दिन अघि मात्रै सरकार परिवर्तन भएको थियो ।

कर्णालीमा आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेपछि बजेट सार्वजनिक गर्ने तयारी छ ।

त्यसैगरी कर्णालीमा प्रदेशमा एमालेका चार सांसदको सर्वोच्चले खारेज गरेपछि उनीहरु सत्तापक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने विवाद बढ्दा सोमबार नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन ।

यसअघि नै प्रदेश सभामा नीति कार्यक्रम पारित गरिसकेका प्रदेश नम्बर १, २, वागमती र लुम्बिनी प्रदेशले आज दिउँसो ३ र बजे बस्ने बैठकमा बजेट पेश गर्दैछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!