Search

महामारीको असर कहिले कम र कहिले धेरै छ, रोमथामका प्रयास निरन्तर चाहिन्छ : उपप्रमुख खड्गी श्रेष्ठ

महामारीको असर कहिले कम र कहिले धेरै छ, रोमथामका प्रयास निरन्तर चाहिन्छ : उपप्रमुख खड्गी श्रेष्ठ

उपप्रमुखबाट वडा नं. ६ र ९ का आइसोलेसन निरीक्षण

३१ जेष्ठ, बाँपीझ्याला, काठमाडौँ । महामारीको असर कहिले कम र कहिले धेरै देखिने गरेको परिस्थिति उल्लेख गर्दै काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यसको पूर्ण रोकथाम भएको निश्चित नभएसम्म काम गरिरहनु पर्ने बताउनुभएको छ । आज वडा ६ को जनकल्याण माध्यमिक विद्यालय र वडा ९ को शारदा उच्च माध्यमिक विध्यालयका आइसोलेसन निरीक्षणका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

काठमाडौँ महानगरले सरकारी र सामुदायिक अस्पतालहरुलाई कोविड विरुद्ध उपचारमा क्षमता बढाउन सहयोग गरेको छ । जोसँग संरचना, क्षमता र जनशक्ति छ उसको क्षमता बढाएर उपचारलाई प्रभावकारी बनाउनमा हाम्रो ध्यान गएको हो । उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो, ‘अहिलेको सिकाइ, क्षमता र अनुभवलाई आउँदा दिनका संकट व्यवस्थापनमा लगाउनु पर्छ ।’

सामुदायिक आइसोलेसन सेन्टरहरु स्थानीयहरुलाई महामारीको अप्ठ््यारोमा सहयोग गर्ने ठाउँ भएकाले यसको निर्धक्क उपयोग गर्न वडा ६ का अध्यक्ष दिपेन्द्र लामाले आग्रह गर्नुभयो ।

त्यस क्रममा महिला एकता समाजले शारदा मा. वि. को आइसोलेसनका लागि करीब ५ लाख रुपैयाँ र जनप्रभाव मा. वि. को आइसोलेसनका लागि करीव ३ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

महामारीका समयमा निम्न तथा मध्यम आय भएका परिवारलाई धेरै समस्या हुन्छ । यस्ता बर्गलाई स्वास्थ्य लाभ गर्न सहज होस् भनेर, आइसोलेसन सेन्टरहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएको समाजकी अध्यक्ष विमला तामाङ्को भनाइ छ ।

समुदाय स्तरमा सञ्चालन भएका यस्ता केन्द्र र वडा समितिविच पर्याप्त समन्वय हुनु पर्छ । वडा ९ का वडा सदस्य श्रीराम राईले समन्वयलाई पर्याप्त समन्वयमा रुपान्तरण गर्नु पर्ने खाँचो देखाउनुभयो । वडा ६ का सदस्य जयराम पुडासैनीका अनुसार वडा ६ को आइसोलेसन सेन्टर कोविडको तेस्रो लहरको तयारीका लागि स्थापना गरिएको हो । यो सेन्टरमा अहिले पुरुषका लागि १० वटा र महिलाका लागि १० वटा वेड राखिएका छन् । आवश्यकता आधारमा यसलाई ४० वेडसम्म बनाउने योजना छ ।

वडा ६ ले सञ्चालन गरेको यो सेन्टर सञ्चालनका लागि जनकल्याण मा. वि., दि आर्ट अफ नेपाल, ह्योल्मो मिडिया ग्रुप तथा हिल नेपाल, युथ एण्ड सोसाइटी समूह, सरस्वती नगर सुधार संघ, पानीपोखरी युवा क्लव, टुसाल युवा क्लव, शान्तिनगर उपभोक्ता समिति, भुवाल डाँडा युवा क्लवको साझेदारिता छ ।

वडा ९ को आइसोलेसन सेन्टरमा १८ वटा अक्सिजन सिलिन्डर, ५ वटा अक्सिजन कन्सन्ट्रेटर, २ जना डाक्टर र ३ जना नर्ससहित ३५ वेडमा सञ्चालन भइरहेको छ । यसलाई आवश्यकता आधारमा ९० वेड बनाउने योजना रहेको व्यवस्थापन समितिका सदस्य दिनेश विक्रम शाहले जानकारी दिनुभयो ।

अहिलेसम्म यस सेन्टरबाट २५ जना पुरुष र ३ जना महिलाले सेवा लिइसक्नु भएको छ । उहाँहरुमध्ये १५ जना स्वास्थ्य लाभ गरेर घर फर्किनु भएको छ भने ३ जनालाई थप उपचार गर्नुपर्ने भएकोले अस्पताल पठाइएको छ । अहिले १ महिला र ९ जना पुरुष गरी १० जनाले सेवा लिइरहनु भएको छ ।

यो सेन्टर महानगरको प्राविधिक सहयोगमा स्थानीय विभिन्न संघ संस्थाले सञ्चालन गरेका हुन् । यसरी साझेदारिता गर्ने संघ संस्थाहरुमा माट्रिका आइ सेन्टर, मिरमिरे युवा समाज, सिनामंगल युथ एलायन्स, कृती फाउन्डेसन, विजय चोक युवा क्लव, श्रीपञ्चकुमारी समाज, नव न्यानो फाउन्डेसन रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment