Search

नेप्से ३८.३२ अंकले बढ्यो : १८ अर्ब ८८ करोड माथि शेयर कारोवार

नेप्से ३८.३२ अंकले बढ्यो : १८ अर्ब ८८ करोड माथि शेयर कारोवार

३१ जेठ, बाँपीझ्याला, काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार उच्च अंकको उछाल आएको छ । हिजो आइतबार नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको थियो ।

आज नेप्से ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलब ८३ विन्दुमा थामिएको छ । त्यस्तै, आज १८ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिइडिबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, युनियन हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी, सोल्टी होटल र हिमालयन डिस्ट्रिलरी लिमिटेडको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment