Search

दोलखामा आज ४१ जनामा कोरोना संक्रमण, ४४ जना मुक्त

दोलखामा आज ४१ जनामा कोरोना संक्रमण, ४४ जना मुक्त

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका स्थित चरिकोट अस्पतालमा ९४ जनाको पिसिआर परिक्षण गर्दा २८ जना र पालीका तहमा ५३ जनाको एन्जीजिन परिक्षण गर्दा १३ गरी जम्मा ४१ जना नयाँ संक्रमीत थपिएको छ । यो समेत ६७४ जना संक्रमीत भएको छ भने ४४ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले आज प्रकाशित दैनिक स्वास्थ्य अध्यावधीमा उल्लेख गरिएको थाहा भएको छ ।

यसरी कोरोना संक्रमण नयाँ हुनेहरुमा तामाकोशी गाउँपालिकामा ३ पुरुष, ६ महिला गरी ९ जना, बिगु गाउँपालीकामा १ पुरुष, भीमेश्वर नगरपालीकामा १३ पुरुष, १५ महिला गरी २८ जना, मेलुङ गाउँपालीकामा २ पुरुष १ महिला गरी ३ जना गरी जम्मा ४१ जना होम आईसोलेसनमा बसेका छन् ।

यसै गरी ४४ जना निको हुनेहरुमा बिगु गाउँपालीकाबाट ११ पुरुष ७ महिला गरी १८ जना, तामाकोशी गाउँपालीकाबाट ४ पुरुष २ महिला गरी ६ जना, शैलुङ गाउँपालीकाबाट ११ पुरुष २ महिला गरी १३ जना र भीमेश्वर नगरपालीकाबाट ४ पुरुष र ३ महिला गरी ७ जना रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!