Search

प्रेस काउन्सिल नेपालले पत्रकारको निःशुल्क उपचारका लागि आग्रह

प्रेस काउन्सिल नेपालले पत्रकारको निःशुल्क उपचारका लागि आग्रह

३० जेठ, बाँपीझ्याला, काठमाण्डौं । प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महामारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको बताउनुभयो ।

पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उहाँले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने, स्वास्थ्य सामग्रीमा पहुँच पुग्नुपर्नेमा जोड दिनुभयो ।

मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेसमैत्री हुनुपर्नेमा धारणा राख्नुुभयो । उहाँले लोककल्याणकारी विज्ञापनमार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताउँदै आचारसंहिताको पालना र कर्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा काउन्सिलका सदस्य विपुल पोख्रेलले कोरोनाका कारण पत्रपत्रिका बन्द भएको, लोक कल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment