Search

जसपाका दुबै पक्षको दाबी अस्वीकार

जसपाका दुबै पक्षको दाबी अस्वीकार

बाँपीझ्याला, काठमाण्डौं । निर्वाचन आयोगको आजको बैठकले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावी अनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो ।

आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ ।

एउटै दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषयअन्तर्गत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अद्यावधिक गर्न कानूनत मिल्ने नदेखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनु भयो ।

पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्का समूहका पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने निष्काशन गरी सोको अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए ।

आयोगको अर्को निर्णयमा भनिएको छ । एउटै दलका दुई अध्यक्षले सो दलका पदाधिकारीलाई दलबाट निष्काशनको कारवाही अद्यावधिकका लागि अनुरोध भै आएको विषयलाई कानून सम्मत हो भनी मान्न मिलेन ।

एक अर्का अध्यक्षलाई पार्टीका साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको कार्य र दलका पदाधिकारी हेरफेर वा फेरवदलसँग सम्वन्धीत मात्र नभई एउटै दलका दुई अध्यक्षबीचको विवादको विषय बन्न जान्छ ।

आयोगले अद्यावधिकका लागि गरिएको माग दावीसम्वन्धी भएको निर्णयको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय समेत गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!