Search

भीमेश्वर नगरपालीका चरिकोट स्थित भ्यु टावर नजिकै सन्त बहादुर थामीको कंकाल फेला

भीमेश्वर नगरपालीका चरिकोट स्थित भ्यु टावर नजिकै सन्त बहादुर थामीको कंकाल फेला

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर १ स्थित पुम्पा महभिर सामुदायीक वन क्षेत्रमा मानव कंकाल फेला परेको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ धनेगर बसोवास गर्ने ६१ वर्षिया सन्त बहादुर थामीको कंकाल सामुदायीक वन उपभोक्ता समुह क्षेत्रको किबु खोला किनारमा फेला परेको थाहा भएको छ ।

पारिवारीक सुत्रका अनुसार बैशाख २४ गते देखी घरबाट निस्किनु भएका थामीलाई प्रहरी, परिवार र स्थानीयवासीले खोजी गरीरहेको थियो । शनिबार निङरो टिप्न गएका सर्वसाधारणले भ्यु टावर देखी करिव २ किलोमिटर तल मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कंकाल नजिकै फेला परेको नाम्लो र कपडाको आधारमा परिवारले थामीलाई पहिचान गरेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिनुभयो ।

निज मृतक थामीलाई केहि वर्ष अघि लडेर टाउकोमा चोट लागे पछि एकोहोरो स्वभाव भएका मृतक थामी समय समयमा घरबाट निस्कीने र आफै घर फर्किने गर्ने परिवारबाट थाहा भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!