Search

अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच  भेटवार्ता हुँदै

बाँपीझ्याला, काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो जुन १६ मा भेटवार्ता हुँदैछ । अमेरिकालगायत पश्‍चिमा मुलुक र रुसबीच दूरी बढिरहेका बेला दुई नेताको भेटलाई महत्वसाथ हेरिएको छ । उनीहरू स्विस शहर जेनेभामा भेट्दैछन् ।

यद्यपि भेटवार्तापछि आयोजना गरिने पत्रकार सम्मेलनमा भने अमेरिकी राष्ट्रपति बाइडन एक्लै देखा पर्नेछन् । उनले रुसी समकक्षीसँगै रहेर पत्रकारहरूलाई सम्बोधन गर्ने छैनन् । यस्तो योजना बन्‍नुका कारण खोज्‍न सन् २०१८ तर्फ फर्कनु पर्ने हुन्छ ।

जतिबेला तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीच भेटवार्ता भएको थियो । फिनल्यान्डको राजधानी हेलसिन्कीमा भएको त्यस भेटवार्तापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा दुई नेतासँगै देखिए । जहाँ ट्रम्पले पुटिनको तारिफ गरे भने पुटिनले चाँहि पश्‍चिमा मुलुकको आलोचना । कतिसम्म भने ट्रम्पले आफ्नै खुफिया एजेन्सीले पुटिनमाथि गरेको खोजमाथि पनि प्रश्‍न उठाए ।

पुटिनले फेरि पनि पश्‍चिमाको आलोचना गर्नसक्ने र विवादित प्रतिक्रिया दिनसक्ने भएकाले पनि बाइडन रुसी राष्ट्रपतिसँगै पत्रकार सम्मेलनमा देखिन तयार नभएको रोयटर्स लगायतका अन्तराष्ट्रिय सञ्‍चार माध्यमले लेखेका छन् । फेरि दुई राष्ट्रपतिबीचको छलफल आक्रमक हुनसक्ने सम्भावना रहेकाले पनि बाइडन एक्लैले अन्तराष्ट्रिय मिडियालाई सम्बोधन गर्न चाहेको बताइएको छ ।

‘दुई राष्ट्रपतिबीचको वार्ता स्पष्ट र सिधा हुनेछ । छलफलका क्रममा उठेका सबै विषयलाई बाइडनले पत्रकार सम्मेलनमा राख्नुहुनेछ,’ ह्वाइटहाउसका प्रवक्ताले भनेका छन् ।

बाइडनले गत मार्चमा मात्रै एक अन्तवार्तामा पुटिनलाई हत्याराको संज्ञा दिएका थिए । गत शुक्रबार पुटिनलाई बाइडनले लगाएको आरोपबारेमा सोधियो । ‘पश्‍चिमाले मलाई विभिन्‍न किसिमका आरोप लगाइरहेका हुन्छन् । त्यसकारण, बाइडनको पछिल्लो आरोपले मलाई केही फरक पार्दैन,’ पुटिनले भनेका छन् ।

पुटिनले पछिल्लो समय आफ्नो विरोधी तथा विपक्षीलाई जेल चलान गरिरहेका छन् । त्यस्तै मस्कोले छिमेकी युक्रेनविरुद्ध कदम पनि उठाइरहेको छ । यी सबै विषयमाथि बाइडेनको चासो रहेको र उनले पुटिनसमक्ष सवाल राख्‍ने बताइएको छ ।

रुसको गतिविधीप्रति अमेरिकाको आपत्ति रहे पनि बाइडन विश्‍व कै सबैभन्दा ठूलो मुलुकसँग सम्बन्ध सुमधुर बनाउने प्रयासमा रहेको रोयटर्सले लेखेको छ । उता रुस भने आफ्ना चासोको विषयमा अमेरिकाको हस्तक्षेप नरहोस भन्‍ने सन्देश दिन चाहिरहेको बताइएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment