Search

पाँच पूर्व प्रधानमन्त्रीको संयुक्त अपिल

पाँच पूर्व प्रधानमन्त्रीको संयुक्त अपिल

२९ जेठ, बाँपीझ्याला, काठमाडौं । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपालको आन्तरीक मामिलाको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका हुन् ।

पाँच पूर्व प्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन नदिन आज उक्त बिज्ञप्ती जारी गरिएको छ । संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यवद्धता जनाउन अपील गर्दै उक्त बिज्ञप्तीमा भनिएको छ ।

नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सबैमा आग्रह सहीत ध्यानाकर्षण गरिएको जनाईएको छ ।

विज्ञप्तिमा चुरेको गिट्टी ढुङ्गा बेच्ने निर्णय फिर्ता लिन माग गर्दै भनिएको छ । सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं भनीएको छ। काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिदै यसप्रकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अन्य निकायहरूलाई समेत आग्रह गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!