Search

चलचित्रकर्मी कल्याणकारी कोष र भिडियो कलाकार संघले मोडल निशालाई आर्थिक सहयोग

चलचित्रकर्मी कल्याणकारी कोष र भिडियो कलाकार संघले मोडल निशालाई आर्थिक सहयोग

बाँपीझ्याला, काठमाण्डौं । चलचित्रकर्मीहरुको कल्याणकारी छाता संगठन चलचित्रकर्मी कल्याणकारी कोषले नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई आर्थिक सहयोग गर्ने भएको छ । उक्त कल्याणकारी कोषले मोडल घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोषले जनाएको छ ।

यसै गरी म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक्त रकम निशाका बुबालाई हस्तान्तरण गरेको छ।

तीन वर्ष अगाडी अभिनय कोर्ष पढ्न भारत पुगेकी निशा देहरादुनमा दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि केही समय उनको भारतमै उपचार भएको थियो । तर, कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल फर्किएपछि पनि केही महिना अस्पतालमा उनको उपचार भएको थियो । तर, आर्थिक अवस्थाकै कारण उपचार गर्न गाह्रो भएपछि उनी घरमै थिइन् । घरमा उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको थियो ।

निशाले तीज दर्जन बढी म्युजिक भिडियो, एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन् ।

घरमा अर्धचेत अवस्थामा रहेकी निशाको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि धेरैले सहयोगका लागि चासो देखाएका थिए ।

गत बिहीबारदेखि भने निशाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजिवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा निशाको निःशुल्क उपचार शुरु भईरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!