Search

नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार दिएको अभिव्यक्तिको भर्त्सना

नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार दिएको अभिव्यक्तिको भर्त्सना

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई एमाले ले अत्यन्त गम्भीर रुपमा लिएको जनाउनु भएको हो ।

प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ विज्ञप्तिमा भनिएको छ ।

वैद्यको अभिव्यक्तिको घोर भत्र्सना गर्दै पार्टीले यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!