Search

इटलीले युरोकप २०२० खेलमा शानदार सुरुवात गर्दा अहिलेसम्मकै ठूलो जित हात पार्न सफल

इटलीले युरोकप २०२० खेलमा शानदार सुरुवात गर्दा अहिलेसम्मकै ठूलो जित हात पार्न सफल

२९ जेठ, बाँपीझ्याला, काठमाडौं । इटलीले युरोकप २०२० को घरेलु मैदान रोमस्थित ओलम्पिया स्टेडियममा भएको उद्घाटन खेलमा शानदार सुरुवात गर्दा अहिलेसम्मकै ठूलो जित हात पारेको छ । यसरी भएको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० ले पराजित गरेको हो । एक पटकको च्याम्पियन इटलीले युरोकपमा एकै खेलमा दुई भन्दा बढी गोल गरेको यो पहिलो हो ।

पहिलो हाफ गोलरहित बराबरी भए पनि इटलीले सबै गोल दोस्रो हाफमा गरेको थियो । सिरो इम्मोबाइल र लरेन्जो इनसिग्नेले इटलीका लागि गोल गरे । अर्को गोल भने उपहार पाएको थियो ।

युरोकप २०२० को पहिलो गोल भने आत्मघाती रह्यो । खेलको ५३औं मिनेटमा मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि इटलीले अग्रता बनायो । ६६औ मिनेटमा इम्मोबाइलले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । यस्तै इनसिग्नेले ७९औं मिनेटमा गोल गरे ।

यसअघि इटली र टर्कीबीच २००० मा भएको खेल इटलीले जितेको थियो । समूह ए अन्तर्गत खेलमा जितपछि इटलीले ३ अंक जोडेको छ ।

यस्तै इटलीले अपराजित यात्रालाई २८ खेलसम्म पुर्‍याएको छ । सन् २०१८ सेप्टेम्बरयता पोर्चुगलसँग हारेयता इटली पराजित भएको छैन । यसक्रममा इटली २३ खेल जित्दा ५ बराबरी खेलेको छ । यस्तै वर्ष २०२१ मा इटलीले अहिलेसम्म गोल व्यहोरेको छैन ।

इटलीले पछिल्लो ९ खेल जित्दा कुनै गोल व्यहोरेको छैन ।

पहिलो पटक ११ देशमा आयोजना भएको युरोकपमा इटलीले समूका बाँकी दुई खेल पनि घरेलु मैदानमै खेल्नेछ ।

आज तीन खेल हुँदैछ
युरोकप अन्तर्गत आज तीन खेल हुँदैछ । जसमा समूह ‘ए’ का वेल्स र स्वीट्जरल्याण्ड, समूह ‘बी’ मा रहेका डेनमार्क र फिनल्याण्ड तथा बेल्जियम र रसियाबीच खेल हुँदैछ । वेल्स र स्वीट्जरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६स्४५ बजे बाकु ओलम्पिक स्टेडियममा सुरु हुनेछ । यस्तै डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९स्४५ बजे तथा बेल्जियम र रसियाबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

डेनमार्कले घरेलु मैदान कोपनहेगनमा खेल्नेछ भने बेल्जियम र रसियाबीचको खेल सेन्ट पिटर्सवर्गमा हुनेछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!