२९ जेठ, बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको तीन सदस्य टोलीले राउट समुदायको हालको अवस्थाबारे जानकारी लिएको छ ।
राउटे युवतीमाथि जेठ २३ गते भएको यौन दुर्व्यवहारपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले १८ जना प्रहरी जनशक्तिले प्रभावित राउटे बस्तीलाई सुरक्षा दिने प्रबन्ध मिलाएको छ ।
राउटे समुदायको आफ्नै संस्कार र मान्यता रहेको छ । राउटे युवतीमाथि पहिलो पटक कथित सभ्य भनिएका जातका मानिसले होटलमा लगेर यौन दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि त्यसको चौतर्फी बिरोध भएको छ ।
अहिले राउटे समुदायको बस्तीमा सुरक्षाका लागि प्रहरी समेत परिचालन गरिएको छ ।