Search

३३ केभिए प्रसारण लाईनमा छुँदा सवार दुई जना युवाको घटनास्थल मै मृत्यु, दुई जना घाईते

३३ केभिए प्रसारण लाईनमा छुँदा सवार दुई जना युवाको घटनास्थल मै मृत्यु, दुई जना घाईते

बाँपीझ्याला, काठमाण्डौं । सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले ३३ केभीको विद्युत लाईन छुदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । सोलु दुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले शुक्रबार विहान साढे ८ बजे ३३ केभिए प्रसारण लाईनमा छुँदा सवार चारजना युवा मध्ये घटनास्थलमै दुई जनाको मुत्यू भएको हो भने अन्य दुई जना घाईते भएका छन् ।

यसरी मृत्यु हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ बर्षिय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेका छन् ।

ग.१ ज.५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।

विगत केही वर्षयता ८६ मेगावाट क्षमताको निर्माणधीन अवस्थामा रहेको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईनमा छुँदा उक्त दुर्घटना भएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!