Search

बागमती प्रदेशको आर्थिक बर्ष २०७८/०७९ को निती तथा कार्यक्रम सार्बजनिक, नौ बर्ष अगाडी शिलान्यास भएको फिल्म सिटीले प्राथमिकता पाएन

बागमती प्रदेशको आर्थिक बर्ष २०७८/०७९ को निती तथा कार्यक्रम सार्बजनिक, नौ बर्ष अगाडी शिलान्यास भएको फिल्म सिटीले प्राथमिकता पाएन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले हिजो सम्पन्न भएको प्रदेश सभाको बैठकमा उक्त निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । बागमती प्रदेश सरकारले ल्याएको बजेट, निती तथा कार्यक्रममा नयाँमा भन्दा पनी धेरै जसो गत बर्षहरुदेखि संचालनमा आएको कार्यक्रमहरुलाई बढी निरन्तरता दिईएको पाईएको छ ।

यसरी धेरै जसो पुराना कार्यक्रमहरुले निरन्तरता पाएतापनी आज भन्दा नौ बर्ष अगाडी शिलान्यास भएको जिल्लाको डाङढुंगे डाँडा स्थित निर्माणधिन अवस्थामा रहेको फिल्म सिटिलाई भने बजेट विनियोजन गरेको छैन । कोभिड १९ को महामारीलाई नियन्त्रण गर्न केही कार्यक्रमहरु ल्याईएको भएतापनी दोलखा जिल्लाले महत्वका कार्यक्रम र आयोजनाहरुले प्राथमिकता नपाएको जिल्लावासीको भनाई रहेको छ ।

यसै गरी कोभिड १९ को संक्रमणबाट प्रदेशका नागरिकहरुलाई बचाउन सहयोग गर्नका लागि कोभिड खोप कोषको स्थापना गरी सरकारले समन्वय गरी प्रदेश भित्रका नागरिकहरुलाई खोपको व्यवस्था गराउने उल्लेख गरिएको छ ।

यसै गरी अस्पतालमा अक्सीजन प्लान्ट जडान, एचडियु, आईसियु र भेन्टिलेटर स्थापना गर्ने उल्लेख रहेको छ । प्रदेश भित्र रहेको तिनसय उनान्साठ्ठीवटा सामूदायिक विद्यालयमा रहेका स्टाफ नर्सहरुलाई आवश्यकता अनुसार बिभिन्न अस्पताल र स्वास्थ्य क्षेत्रमा खटाईने समेत उल्लेख भएको छ ।

कोभिड १९ को संक्रमणबाट बाबुआमा घुमाएका स–साना बालबालिकाहरुलाई स्थानिय निकायसँगको सहकार्यमा मासिक तिनहजारका दरले शैक्षिक र सामाजिक सुरक्षा भक्ता प्रदान गर्ने र यसभन्दा अगाडीदेखि आमाबुबा नभएका बालबालिकाहरुलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

यसै गरी कोरोना संक्रमणका कारण रोजगार घुमाएर गाउँ फर्केका नागरिकहरुलाई “मेरो गाउँ उद्यमसिल जिउने ठाऊ” भन्ने शिर्षकमा कार्यक्रम संचालन गर्ने सरकारको निती रहेको उल्लेख गरेको छ । यस कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार, उद्यमसिला लगाएका कार्यक्रमहरु रहेका छन् । यसै गरी हिल स्टेशन र नमूना पर्यटकिय गन्तव्य स्थललाई एकिकृत विकास पूर्वाधार जस्ता कार्यक्रमलाई निरन्तरता दिर्दै अन्य उत्प्रेरणा दिने कार्यक्रमहरु रहेको थाहा भएको छ ।

यसै गरी बागमती सरकारले ल्याएको आफ्नो निती तथा कार्यक्रममा जिरी लगाएत प्रदेशका चारवटा जिल्लाको चारवटा शहरको एकिकृत विकासको लागि अध्ययन गरी आगामी बर्षमा किवास कार्यक्रम संचालन गर्ने भएको छ ।

तर नेपालकै प्रख्यात जिल्लाको खरिढुंगा स्थित डाङढुंगे डाँडामा निर्माणधिन अवस्थामा रहेको फिल्ःमी सिटी र जिरी तालको निर्माणको लागिका कार्यक्रमले प्राथमिकता नपाएकोमा दोलखा जिल्लाका स्थानिय वासिन्दाले दुखेसो व्यक्त गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!