अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला स्थित चरिकोट अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर बिनोद दंगाल कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमित नागरिकहरुको उपचारमा दिनरात नबनी खटिएका डाक्टर दंगालमा गत आईतबार गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण विरुद्ध बचावटका लागि खोप लगाउने हरुमा पनी कोरोना संक्रमन देखिन्न आएको छ ।
यसै गरी डाक्टर दंगालले पनी यही बैशाख महिनामा दोश्रो खोप डोज लिएका थाहा भएको छ । अहिले आफ्नै क्वाटरको आईसोलेसनमा बस्नु भएको छ ।
कोरोना पुष्टी भएपछी वहाँलाई उच्च ज्वरो आउने, स्वास फेर्न गाहे हुने लगाएत जिउ दुख्ने लगाएका लक्षण देखा परेको थाहा भएको छ । यसै गरी पछिल्लो समयमा डाक्टर दंगालको स्वास्थ्य स्थितीमा सुधार हुर्दै आएको र खास गरी स्वाद र गन्धमा थाहा नभएको र अन्य सामान्य रहेको वहाँले बताउनु भएको छ ।
चरिकोट अस्पताल स्थित कार्यरत डाक्टर विनोद दंगालको सिघ्र स्थास्थ्य लाभको कामना गर्दछौं ।
बाँपीझ्याला मिडिया परिवार
द्वाल्खा – काठमाण्डौंं ।